Jilla Ban Notis

प्रदेश नं ५ मा बर्षभरीमा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय ।

0 66

बर्दघाट, बैसाख–१०
प्रदेश नं ५ को मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले प्रदेशमा बर्षभरीमा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो बिदा संघिय सरकारले दिने बिदा भन्दा अलग बिदा हो । प्रदेश सरकारले प्रदेशभरी दिने ४ दिनको बिदाका अलाव जिल्ला जिल्लामा अलग अलग पर्वमा थप बिदा दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने निर्णय पनि गरिएको छ । यसका साथै निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदा निर्णय प्रदेश सरकारको छ जस अन्तरगत रुकुम, रोल्पामा भूमे पूजा, थारु समुदायलाई बडकवा अतवारी र पाल्पामा भगवती जात्रा मनाउन बिदा दिईने छ ।
यसैगरी बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाइउने निर्णय गरेको प्रदेश सरकारका प्रेस सल्लाहकार शेर बहादुर केसी जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.