Jilla Ban Notis

प्रदेशसभा सदस्य कलवारद्धारा नेपाल र भारतका अधिकारीहरुसंग छलफल । 

0 38

गौरीशंकर जयसवाल
परासी १८ बैशाख । प्रदेशसभा सासद बैजनाथ कलवारले किसानहरुलाई बिउ उपलब्ध गराउनको लागि नेपाल र भारतका अधिकारीहरुसंग छलफल गरेका छन । किसनहरुको लागि सहज रुपमा उन्नत जात को हाईब्रिड बिउको उपलब्ध गराउनको लागि नेपाल र भारतका अधिकारीहरुसँग छलफल गरेका हुन । आज महेशपुरस्थित सीमा नाकामा भारत र नेपालका सुरक्षा अधिकारी र ठुटिबारीका प्रमुखसँग विउको नेपालतर्फ सहज आयातको व्यवस्था गरिदिन पहल गरेको प्रदेशसभा सदस्य कलावरले जानकारी दिए । उनले भने बिउको सहजताको लागि किसानहरु घण्टौ लाईन बस्ने बाध्यता आएपछि बिउको लागि अपूर्ति गरी कृषकको माग पुरा गर्ने र आयत लागि सहजिकारण गरिएको बताए । आवश्यक मात्रामा बिउको आयात भारतबाट हुन सके जिल््लाका सवै स्थानीय तहमा रहेका कृषि सहकारी तथा कृषि पसलहरुबाट कृषकले सहज र सामाजिक दुरी कायम गरी बिउ रुपमा प्राप्त गर्न सक्ने सासद कलावरले बताए । लकडाउन र सीमा नाका बन्दका कारण कृषकले सहज रुपमा मल विउ पाउन सकेका छैनन ।

Leave A Reply

Your email address will not be published.