Sarawal Ga pa

प्रतापपुरमा कोरोना संक्रमितको सम्पर्कमा आएका दुई जनालाई क्वारेन्टाईन पठाईयो

0 21

सहबान अन्सारी
प्रतापपुर,जेष्ठ–१
प्रतापपुरमा एकजना युवामा कोरोना संक्रमण देखिए पछि संक्रमिकको सम्पर्कमा आएका दुई जनालाई बेलाटारी स्थित त्रिभुवन क्याम्पसको क्वारेन्टाईनमा पठाईएको वडा नं ५ का वडा सदस्य अलि मियाँले बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतापपुर गाँउपालिकाको ३६ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको जनाएको थियो ।  संक्रमित देखिएका युवा करिब ६ महिना पहिला रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको र भारतमा लकडाउन खुकुलो भएपछि करिब ४ दिन पहिला जिल्लाको बसहिया नाकाबाट बिहान करिब ५ बजेको समयमा सिमामा तैनात सुरक्षाकर्मीहरुबाट लुकीछिपी नेपाल प्रवेश गरेपछि एक ब्यक्तीको सहयोगमा गाँउ नजिकैबाट क्वारेन्टाईन पठाईएको थियो । जिल्लामा पहिलो कोरोना संक्रमित देखिएपछी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

Leave A Reply

Your email address will not be published.