Jilla Ban Notis

प्रजातान्त्रिक विचार समाजमा सपथ ग्रहण सम्पन्न ।

0 35

प्रकाश न्यौपाने
पौष १
प्रजातान्त्रिक विचार समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशबाट निर्वाचित कार्यसमितिलाई आज एक कार्यक्रमका विच सपथ ग्रहण कार्यक्रम सम्पन्न गरीएको छ ।
कार्यक्रममा प्राजातान्त्रिक विचार समाज प्रदेश नं. ५ का संयोजक शंकर दिवस मजगैंयाले कार्यक्रममा बोल्दै प्रजातन्त्र विना देशको विकास संभव नरहेको बताउदै प्रजातन्त्रमा सबैको सहभागीता र अपनत्व बहन गर्न सकिने बताउनु भयो । प्रथम अधिवेशनबाट अध्यक्ष पदमा राम विलास पौडेल, उपाध्यक्षमा दिपक अर्याल, सचिव पदमा डिक बहादुर पाण्डे क्षेत्री, कोषाध्यक्ष शिवा रेग्मी, सहसचिव चेतनाथ पौडेल, सदस्य पदमा सूर्या नारायण पाठक, नारायण न्यौपाने, मुरारी भण्डारी, नारायण सुवेदी, विनोद ज्ञवाली, शुक्रराज भटट्राई, पशुपति चौधरी, नारायण प्रसाद ढकाल र भोजराज चापागाई रहनु भएको छ । त्यस्तै गरी सल्लाहकारमा नेत्रलाल न्यौपाने, नरेश खनाल, पुरुषोत्तम सुवेदी, देवराज भण्डारी, प्रकाश न्यौपाने, मोहन राज शर्मा, भविस्वर पाण्डे, नारायण प्रसाद भारती, अर्जुन पाण्डे, बामदेव अधिकारी रहनुभएको छ ।
प्रथम अधिवेशनबाट नवनिवार्चित कार्यसमितिलाई प्रमाण पत्र वितरण गर्दै निर्वाचन संयोजक नेत्रलाल न्यौपानेले सपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहण पश्चात नवनिवार्चित अध्यक्ष रामविलास पौडेलले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै समाजका गतिविधिहरुमा सबैलाई समेटेर लगीने बताउनु भयो ।  संस्थापक अध्यक्ष नरेश खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमा निवार्चन मण्डलका संयोजक नेत्रलाल न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन संस्थापक सचिव प्रकाश न्यौपानेले गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.