Jilla Ban Notis

प्याजको कालोबजारी गर्ने परासीका ५ ब्यापारीलाई प्रशासनले लगायो जरीवाना ।

0 24

गौरीशंकर जयसवाल

परासी ४ असोज
नवलपरासी जिल्लामा प्याजको मुल्य एक्कासी बढाएर कालो बजारी हुनथाले पछि सदरमुकाम परासी बजारमा आज अनुगमन गरीएको छ । परासी सदमुकाममा प्याजको मुल्य एक सय बीस देखी एक सय तीस रुपैयासम्म बिक्री भईरहेको पाईएपछि जिल्ला बजार अनुगमन समितीका बजार निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी सहित रामग्राम नगरपालिकाका प्रतिनिधी,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधी सञ्चरकर्मी सुरक्षा निकायको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।
जिल्ला बजार अनुगमन समितीले परासी बजारमा रहेका प्याजका गोदाममा अनुगमन गरेको हो । गोदाम अनुगमनका क्रममा तीन व्यापरीहरुले बजारको मुल्य सुची नराखेको ,व्यापारी राख्नुपर्ने भ्याट दर्ता घरेलु कार्यालय वा रामग्राम नगरपालिकामा दर्ता नगरेको कागजपत्र तौल गर्ने कांटाको नबिकरण नगरेको ,कागजपत्र नरहेकोे पाईएको थियो । त्यस्ता गोदाम व्यापरीहरुलाई ६० हजारको दरले जरिवान लागईएको बजार निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।
उनले भने एक जना प्याज व्यापारीले दर्ता प्रमाणपत्र लिएको तर अगाडी घुम्ती रुपमा प्याज बिक्री गरेको ती व्यापारीले ४० दरमा प्याज खरिद गरी बजारमा ९० रुपैया देखी १० बिक्री गरि कालोबजारी गरेको अवस्थामा ती व्यपारीलाई ६० हजार जरिवान लागाईएको माझीले बताए ।    https://www.youtube.com/watch?v=Vu2gPLa-ow8&t=1s

उनको अनुसार एक जना गोदाम व्यापारीले दर्ता गरेको तर मुल्य सुची र साईनगबोर्ड नराखकेको उपभोक्त्ताबाट प्याजको बढी मुल्य लिएकोपछि २० हजार जरिवाना लगाईएको माझीले बताए । अनुगमनका क्रममा पाँच वटै गोदाम व्यापारीहरुलाई सात दिनभित्र जरिवान बुझाउन आउन घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए । अहिले भारतबाट प्याजको निर्यात रोकिएक पछि परासी सदरमुकाममा प्याजको मुल्य तेब्बर बढेको छ । प्याजको मुल्य एक्कासी बढेपछि उपभोक्तहरु मार परेको उपभोक्त्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.