Jilla Ban Notis

पृथ्वीचन्द्र अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन मन्त्री श्रेष्ठको निर्देशन

0 51

मोहन पौडेल
परासी ,जेष्ठ–१५
लुम्बिनी प्रदेशमा कोभिड संकट व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ जिल्लामा पुगेर स्वास्थ्यकर्मी तथा सरोकार पक्षहरुको हौसला बढाउँदै आउनुभएको छ ।
उहाँले जिल्लाका सरोकार पक्षहरुसँग कोभिड नियन्त्रण र रोकथामका लागि भइरहेका प्रयासहरुलाई थप प्रभावकारी बनाउन र त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग र समन्वयको विषयमा आवश्यक सुझाव लिएर कार्यान्वयन गर्दै आउनुभएको छ ।

मन्त्री श्रेष्ठले हिजो नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को परासीस्थित पृथ्वीचन्द्र अस्प्तालको अनुगमन गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभयो । सङ्घीय सरकारले यस अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड रुपैयाँ, एचडियु सेवा सञ्चालनका लागि एक करोड नौ लाख ७५ हजार रुपैयाँ, आईसीयु तथा अन्य उपकरणका लागि तीन करोड रुपैयाँ निकासा गरिसकेको छ । प्रदेश तथा स्थानीय तहले पनि नियमित रुपमा रकम पठाइरहेको भन्दै कार्यविधि अनुसार तत्काल खर्च गरी तोकिएका सेवा विस्तार गर्न उहाँले जोड दिनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव माधव सापकोटाले जानकारी दिनुभयो ।

अस्पतालको तर्फबाट अस्पतालको अवस्थाबारे जानकारी गराउँदै अस्पतालका अध्यक्ष जगदीश चौधरी, निमित्त मेसु डा।मोहम्मद नुरुल होदाले तीनै तहबाट रकम प्राप्त भएपनि पूर्वाधार अभावले काम अघि बढाउन नसकिएको जानकारी गराउनुभएको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले बताउनुभयो । पिसिआर मेसिनका सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीको खरिद, एचडियु सेवा र अक्सिजन प्लान्ट जडानका लागि आवश्यक प्रक्रिया पुर्याएर भोलि नै विद्युतीय टेन्डर गर्न लागिएको अस्पतालका व्यवस्थापक अधिकारीले बताउनुभयो । अस्पतालमा हाल दैनिक ११५ वटा अक्सिजन सिलिन्डर आलोपालो भरेर चलाइएकोले तत्काल अक्सिजनको अभाव नरहेको र कोभिडका बिरामी पनि घट्दै गएको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठ आजै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र९डिसिएमसी०को बैठकमा समेत सहभागि भई प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग र समन्वयमा स्थानीयको अपेक्षा लगायतको विषयमा जिल्लाका सरोकारवालासँग चासो राख्दै आवश्यक निर्देशन दिनुभएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.