Jilla Ban Notis

पुर्खेउलीघर लोप हुने अवस्थामा पुगेपछि कुमाल समुदाय संरक्षणमा जुटे ।

0 133

गौरीशंकर जयसवाल

परासी ११ मसिर

पश्चिम नवलपरासीमा कुमाल समुदायले आफनो पराम्परागत संस्कृतिक संरक्षणमा जुटेका छन ।े आफनो परम्परागत तथा पुर्खेउली घर लोप हुने अवस्थामा पुगेपछि कुमाल समुदायले संरक्षणमा जुटेका हुन । कुमाल समुदायको परम्पगत पहिचानको रुपमा पुर्खेउली घरहरुलाई संस्कृतिक संंरक्षण तर्फ अभियान चलाएर ती घरहरुलाई संस्कृति संरक्षणमा जोड दिएका छन ।

उनीहरुले पश्चिम नवलपरासीको सुनवल नगरपालिका ४ सोमनाथमा सञ्चालन भरहेको प्रादेशीक औधोगिक ब्यापार मेला बस्दै आएको परापुरा कलादेखी हजुर बुवाहरुको पुर्खेउली घरहरुको मेलामा प्रर्दशन राखेका छन । महोत्सव हेर्न जाने दर्शकहरुको कुमाल समुदायको पुख्यौली घर अवलोकनका लागि भीड लाग्ने गरेको छ । उक्त घर आगाडि सेल्फी लिन युवायुवगती भिड लाग्ने गरेको छ ।

कुमाल समुदायको बिभिन्न किसीमको परम्परा रितीरिवाज झल्किने खाले घरहरु लोप हुने अवास्था पुगेकाले ती घरहरुको संरक्षणमा कुमाल समुदाय जुटेकोे कुमाल समुदायको केन्द्रिय कोषध्याक्ष दशरथ कुमाले जानकारी दिए ।

पछिल्लो समयमा आधुनिक घर निर्माण हुन थालेपछि कुमाल समुदायको पुख्र्याैली घर लोप हुने अवस्थामा पुगेपछि व्यापार मेलामा परम्पगत पहिचानको रुपमा पुर्खेउली घरहरुलाई प्रर्दशनमा राखिएको केन्द्रिय कोषाध्यक्ष कुमालले बताए ।

कुमाल समुदायले तराई क्षेत्रमा झरेपछि तिनीहरु पुर्खेउली घरहरु बिस्थापित भएको र खासगरि कुमाल समुदायको यो पुर्खेउली घरलाई बिशेष गरी गोल घर पनि भन्ने गरिएको र ती घरमा कुमाल समुदायको परिवारहरु प्रयोग गर्नगरेको उनको भनाई छ । उनले भन्नछन ती घर भित्र कुमाल समुदायको विभिन्न किसिमको खाना परिकारहरु समेत राखेका र महोत्सव आउने दर्शकहरुले खाना स्वाद लिईरहेका छन् ।

घरमा कुमाल समुदायले परम्परागत खाने खानाहरु खासगरि ती घरमा बंगुरको मासु,रोटी जडा समेत राखिएको र कुमाल समुदायले प्रयोग गर्ने पुर्खेउली विभिन्न किसिमका भाडाकुडा, र माछा मार्ने जालो समेत राखेको ती घरमा राखिएको कोध्याक्ष कुमालले बताए । यस्तै महोत्सवमा नेवार, थारु, मगर, लगायत आदिवासी जनजातीहरुको परम्परागत घरहरु प्रर्दशनमा राखिएको छ ।

विभिन्न जात जातिका खानाक परिकार पनि दर्शकहरुको आर्कणको केन्द्र बिन्दु बनेको छ । आधुनिक घर निर्माण हुन थालेपछि पुर्खेउली घर लोप हुने अवस्थामा पुगेपछि महोत्सव आयोजकले परम्पगत पहिचानको रुपमा पुर्खेउली घरहरुलाई प्रर्दशनमा आयोजक सुनवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष लेखनाथ खरेलले जानकारी दिए ।

मेलमा हेर्न जाने दर्शकहरुको ती घरहरुमा अवलोकनका लागि भीड लाग्ने गरेको छ । दर्शकहरुले विभिन्न जात जातिका मौलिक खानाका परिकारको समेत स्वाद लिईरहेका मेलाका प्रवक्ता तेजप्रसाद भण्डारीले बताए ।

दैनिक रुपमा विभिन्न जात जातिका सांस्कृतिक नृत्यले पनि मौलिक पनको झल्को खालको नृत्य हुने गरेको सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कमार्चायले बताए ।

मेलामा पाल्पा जिल्लाको मुल गेटमा पाल्पाको रानीमहल आकृतिको गेट निमार्ण जिल्लामा रहृेका विभिन्न धार्मिक पर्यटकिय स्थलहरु र बाबा बर्दगोरियाको प्रतिक निर्माण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.