Jilla Ban Notis

पुरातात्विक नक्सा बनाएर बुद्धस्थलहरुको खोजी गरौं ः सिद्धिचरण भट्टराई

रामग्राम स्तुपमा काम गर्ने बातावरण मिलाईदिन नगरप्रमुख यादवको अनुरोध

0 71
कृष्ण ढकाल
बर्दघाट,असोज–९
बुद्धस्थलहरुको वारेमा आ–आफ्नो क्षेत्र महत्वपूर्ण रहेको भन्दै राजनितिक नक्साका आधारमा नेताहरुले दावी विरोध गर्नु भन्दा पुरातात्विक नक्सा बनाएर बुद्धस्थलहरुको खोजी गर्न लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आग्रह गनुए भएको छ ।
नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा गाउँले दर्पण मिडिया प्रालीले आयोजना गरेको नवलपरासी जिल्लाका बुद्धस्थल र सरोकारवालाहरुको भुमिका विषयक गोष्ठीमा बोल्दै भट्टराईले उक्त कुरा बताउनु भएको हो ।
उहाँले लुम्बिनी बिकास कोषले नवलपरासी जिल्लामा रहेको रामग्राम स्तुप र पंडितपुरमा आउने पर्यटकहरुको अहिले सम्म कुनै रेकर्ड नभएकाले दशैं पछि तत्काल रामग्राम नगरपालिकासंग सहकार्यगरी लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय स्थापना गर्ने ,स्तुप वरीपरी अहिले भएको जती एरीयामा वाल लगाउने र खानेपानीको ब्यवस्था गर्ने तथा पर्यटक बस्न मिल्नेगरी सामान्य ट्रस्ट निमार्ण गर्ने योजनाका लागि बजेट विनियोजन गरीएको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नवलपरासी जिल्लाका थुप्रै बुद्धस्थलहरु प्रमाणीत नभएपनि ऐतिहासिक रहेको बताउनु भएको थियो । उहांले नवलपरासी जिल्लाको सिंगो गहनाका रुपमा रहेको रामग्राम स्तुप र पंडितपुरको विकासका लागि रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषवाट अलग भएर छुट्टै रामग्राम विकास कोष मार्फत अघि बढ्ने तयारी गरेकाले cले त्यस किसिमको वातावरण सृजना गर्न अनुरोध गर्नु भएको थियो ।लुम्बिनी विकास कोष र पुरातत्वविभागको अनुमतिविना रामग्राम स्तुपमा आफुहरुले कुनै पनि काम गर्न नपाएको हुनाले आफुहरुलाई कामगर्ने वातावरण सृजना गरीदिन कोषसम्क्ष आग्रह गर्नु भएको थियो । नगरपालिकाले एडिबिसंग सहकार्य गरेर कामगर्न चाहेर पनि गर्न नपाएको बताउदै अहिले ६२ करोडको लागतमा रामग्राम देखि पंडितपुर सम्मको सडक निमार्ण गर्ने तयारी गरीएको जानकारी गारउनु भयको थियो ।
रामग्राम देखि लुम्बिनी सम्म बस संचालनका लागि बजेट समेत विनियोजन गरीएकाले लुम्बिनी बिकास कोषले पनि त्यसमा सहकार्य  गरेर साँझ बिहान बस चलाउने बातावरण मिलाउन आग्रह गर्नु भएको थियो । नेपाल भनेको लुम्बिनी र सगरमाथाको देश मात्र हैन यो त बुद्धको अस्टधातु रहेको रामग्राम स्तुप भएको देश पनि हो भनेर विश्वसामु चिनाउने गरी कामगर्न आफुहरु आतुर रहेको बताउनु भएको थियो ।रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको अध्यक्षता ,गाउँले दर्पण मिडिया प्रालीका कार्यकारी निर्देशक कृष्ण ढकालको संचालन र  रामग्राम नगरपालिकाका नगर उप–प्रमुख सम्झना चौधरीको स्वागत मन्तब्यवाट शुरुभएको उक्त गोष्ठीमा पुरातत्वविद्ध बसन्त विडारीले नवलपरासी जिल्लाका बुद्धस्थलहरुका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पुरातत्वविद्ध बसन्त विडारीले प्रस्तुत् गर्नु भएको कार्यपत्रमा रामग्राम स्तुप,पंडीतपुर र कन्यामाईको उत्खन्नका दृश्य देखि आफुले उत्खन्नगर्दा भोगेका अनुभव र बुद्धसंग सम्वन्धित प्राचिन वस्तुहरु एवं त्यसको महत्वका वारेमा स–प्रमाण भेटिएका बिषयवस्तुहरु प्रस्तुत् गर्नु भएको थियो ।

पुरातत्वविद्ध बसन्त विडारी

अर्का लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी विकास कोषले अहिले सम्म नवलपरासी जिल्लामा गरेका काम र आगामी योजनाका वारेमा जानकारी गराउनु भएको थियो । उहांले विषेशगरी रामग्राम स्तुपको गुरु योजना प्रस्तुत गर्दै त्यसको स्विकृतिका लागि नेपाल सरकारसंग पेश भएको र गुरुयोजना स्विकृत नभएकै कारण रामग्राम स्तुपमा कुनै विकास निमार्णका कार्यगर्न नपाईएको जानकारी गराउनु भएको थियो ।

नवलपरासी जिल्लाका पालिका प्रमुख,उप–प्रमुख तथा प्रशासकिय प्रमुखहरु ,निवर्तमान पालिका प्रमुख ,प्रमुख जिल्ला अधिकारी लगाएत विभिन्न सामाजिक संघ संस्था एवं कार्यालयका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको गोष्ठीमा बोल्ने बक्ताहरुले नवलपरासी जिल्लाका बुद्धस्थलहरुका वारेमा लुम्बिनी विकास कोषले खासै चाँसो नदिएको गुनासो गरेका थिए । उनीहरुले लुम्बिनी विकास कोषलाई लुम्बिनी भन्दा वाहिर निस्केर अन्य स्थानका बुद्धस्थलको पनि संरक्षण र विकास गर्न आग्रह गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.