Jilla Ban Notis

पिकअपगाडी र २ मोटर साईकल सहित १४ लाख ४० हजार बराबरको हरियो मटर पक्राउ ।

0 23

गौरीशंकर जयसवाल

परासी २४ भदौ
नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट एक पिकआप गाडी र २ वटा मोटर साईकल सहित १४ लाख ४० हजार मुल्य बराबराको हरियो मटर पक्राउ गरेको छ । आज बिहान ईलाक प्रहरीकार्यालय सेमरीबाट खटिएको प्रहरीको टोलीले प्रतापपुर गाउँपािलकाको वडानं १ सिसहानियबाट लु १ज ३९०नम्बर बोलेरो पिकआप गाडी सहित ६० बोरामा ३० क्बीन्टल हरियो मटर पक्राउ गरेको हो ।

नेपालबाट भारतचर्फ लैजादै गरेको अवस्थमा उक्त हरियो मटर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुलामाले जानकारी दिए । उनको अनुसार प्रहरी टोलीलाई देखेपछि गाडी चालक भगेको थिए भने पक्राउ गरिएको मटर २ लाख ४०हजार बराबर र बोलेरो पिकअप गाडी १० लाख  गरी जम्मा १२ लाख ४० हजार मुल्य रहेको बताए ।

त्यस्तै नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा हरियो मटर सहित दुई वटा मोटरसाईकल ईलाक प्रहरी कर्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिकाको वडानं १२ भटौलियाबाट प्रहरीले पक्राउ गरेको छ ।

२४ हजार बराबरको मूल्य पर्ने up53v1204 ल३९ प ३३८४ नम्बर २ दुई वटा मोटरसाईकल  सरावल गाउँपालिको वडानं ६ बडासारेबाट नेपालबाट भारत तर्फ लैजादै गरेको ५६ हजार मुल्य बराबरको २२ बोरा हरियो मटर सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोली पक्राउ गरेको बताए । पक्राउ गरिएको ३१ क्बीन्टल हरियो मटर एक बोलेरो पिकअप गाडी र २ वटा मोटरसाईक समेतलाई आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको नवलपरासी प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.