Jilla Ban Notis

पाल्हिनन्दन गाउंपालिकाद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न् ।

0 112

कृष्ण ढकाल
श्रावण,२३
नवलपरासीको पाल्हिनन्दन गाउंपालिकाले आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न् गरेको छ । गाउंपालिकामा सरुवा भै आउनु भयका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडलाई स्वागत र सरुवा भै जान लाग्नु भएका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तब लाई बिदाइ गरेको हो । गाउंपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको उक्त स्वात तथा विदाई कार्यक्रममा पालिकाकी उपाध्यक्ष पवित्रा कोहार,विभिन्न वडाका वडाध्यक्षहरु लगाएत पालिकाका कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।

सोक्रममा बोल्दै गाउंपालिका अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा ईमान्दारी पुर्वक कामगरेर आफु र आफ्नो टिमको कार्य सम्पादनमा थप प्रभावकारी बनाएको भन्दै विदाई हुनुभएका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तब लाई विषेश धन्यवाद प्रकट गर्नु भएको् थियो । त्यसैगरी नयां आउनु भएका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडलाई आफ्नो कार्य कौसलताले भ्यायसम्म सक्दो गुणाष्तरीय तथा प्रभावकारी सेवा जनताहरुलाई प्रदान गर्न र पालिकाको कार्यसम्पादनमा प्रभावकारी भुमिका निभाउनका लागि अनुरोध गर्दै आफ्नो कार्यलयमा स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.