Jilla Ban Notis

पाल्डांडामा पञ्चरत्न पाईप प्रोडक्सको शुभारम्भ

0 47

रवि पाण्डेय
बर्दघाट, १९ साउन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं –५ मा ७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स उद्घाटन गरिएको छ । पाँच जना स्थानीय उद्योगीहरुको संयुक्त लगानीमा उक्त उद्योग संचालनमा आएको हो ।  उद्योगको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरश शर्मा बस्यालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख बस्यालले नगरले औद्योगिक ग्राम संचालन गर्न लागि परेका बेला उक्त खोल्नु सुखद भएको बताउनुभयो ।
उहाँले उद्योगीहरुलाई सहयोग गर्न सधै नगरपालिका आतुर रहेको बताउनुभयो । उद्योगमा कृष्ण प्रसाद पाण्डेय ,सुनिता खनाल, नेत्र पन्थ र आफ्नो लगानी रहेको अध्यक्ष गणेश प्रसाद पाठकले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष सहितका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उद्योगले खानेपानी का लागि आवश्य पर्ने पाईपहरु उत्पादन गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.