Jilla Ban Notis

पालिका अध्यक्ष गुप्ताद्धारा शंकरपुर सहित डुबान क्षेत्रको स्थलगत अवलोकन ।

0 18

परासी, ८ असोज
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक) ले लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको आज स्थलगत अवलोकन गर्नुभएको छ । उहांले पाल्हिनन्दन गाउंपालिकाको सबैभन्दा बढी डुबानमा परेको वडा नं. १ को शंकरपुर, बड्की सुनरी, महेशपुर, अमानीगञ्ज, दशगजा क्षेत्र लगायतमा भएको डुवानक्षेत्रको अवलोकन गर्नुभएको थियो ।

अविरल वर्षापछि झरही र धनेवा खोलाको बाढी पस्दा शंकरपुर गाउं पूर्ण रुपमा ढुबान भएको छ । डुवानका कारण करिव ६० घर डुबेका छन् भने पांच सय भन्दा बढी विघाको धानबाली नष्ट भएको विपद व्यवस्थपन संयोजक प्रदीप तिवारीले बताउनुभयो ।

महेशपुर दशगजामा पनि झरही नदी पसेर वाटोमा नै नदी झैं बगेको छ । झरहीको बांध फुटेर महेशपुरमा पनि पानी बसेको छ । अमानीगन्जमा पनि दर्जनौं घर डुवानमा परेको स्थानीय धुव्रनारायण बानियाले बताउनुभयो । https://www.youtube.com/watch?v=JkJ8rOqhmz0&t=3s

Leave A Reply

Your email address will not be published.