Jilla Ban Notis

पश्चिम नवलपरासीमा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठी सम्पन्न् ।

प्रभाव कारीता माथि प्रश्न ?

0 20

कृष्ण ढकाल
भुमहि,मंसीर–२२
पश्चिम नवलपरासीमा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठी सम्पन्न् भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वन इकाइ गहुँ जोन, नवलपरासी (ब.सु.प) को आयोजनामा आईतवार भुमहिमा भएको उक्त कार्यक्रममा जिल्लाका सरोकारवाला निकाएहरुको उल्लेखनिय सहभागिता रहेको थियो । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पालिनन्दन गांउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दिपक),प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी लगाएत जिल्लाका सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो भने सुनवल नगरपालिकाका कार्यवहाक नगर प्रमुख आफ्नो कार्य ब्यस्तता बताएर पहिलेनै जानु भएको थियो ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोंचले शुरुगरीएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले नवलपरासीमा वार्षिक कार्यक्रम सार्वजनिकीकरण गरीरहदा सबैले त्यसको प्रभाव कारीता माथि प्रश्न उठाएका थिए । विषेशगरी नगर तथा गाऊपालिका प्रमुखहरु , वडाध्यक्षहरु र किसानहरुले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि अनुदानको प्रभावकारीता माथी प्रश्न उठाएका हुन ।
बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको व्यापार घाटाले कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै धरासायी बन्दै गईरहेको अवस्थामा बेलामा किसानलाई मल, विउ, सिंचाई तथा प्राविधिक सेवाको सुनिश्चितता गर्न नसक्ने जस्ता समस्याहरुका वारेमा किसानहरुको गुनासो रहेको थियो ।
पश्चिम नवलपरासीमा सरावल र पालिनन्दन गाऊंपालिका तथा सुनवल र रामग्राम नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.