Jilla Ban Notis

परासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक युवाको मृत्यु

0 20

उर्मिला यादव

भदौ १७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा आज सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्ड अन्तर्गत परासीबाट भुमही तर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ बर्षिय सुरेश चौधरीको रहेका छन भने मोटर साइकल पछाडि सवार पाल्हिनन्दन गाउपालिका ४ बस्ने १९ बर्षिय प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रिती चौधरी लुम्बिनी नर्सिंग होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.