Jilla Ban Notis

परासीमा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता सुरू

0 58

गौरीशंकर जयसवाल
परासी १० पुस
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराको साथ परासीमा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता सुरू भएको छ । दुई दिन सम्म संचालनहुने तेक्वान्डो प्रतियोगिता तेक्वान्डो डोजाङग परासीको आयोजनमा भएको हो । जिल्ला स्तरीय सो प्रतियोगितामा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले प्रतियोगिताको समुद्घाटन गर्नु भएको थियो ।
प्रतियोगिता उद्घाटन गदै नगरप्रमुख गुप्ताले खेलकुद स्वास्थको लागि आवश्यक रहने र विभिन्न रोगहरूबाट समेत बच्न सकिने भएकाले खेलको निकै महत्व रहेको बताउनु भएको थियो । उहांले रामग्राम नगरीबाट उत्पादन भएका खेलाडीहरूले भविष्यमा यस नगरीको गरिमा बढाउने भन्ने बिश्वास लिएको बताउनु भयो ।
दुई दिन सम्म संचालन हुने उत्त प्रतियोगितामा सात वटा स्कुलका एक सय ५० जना खेलाडीहरूको सहभागिता रहेको परासी तेक्वान्डो डोजोङगका मुख्य प्रशिक्षक सुरेश यादवले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.