Sarawal Ga pa

पत्रकार कल्याणकारी कोषमा सहयोग जुट्दै ।

0 12

भदौ –२४
पश्चिम नवलपरासीको सुनवल स्थित लोटस रिसोर्टका सञ्चालक कृष्णप्रसाद पौडेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम उपलब्ध गराउनुभएको छ ।
पत्रकार महासंघले विपदमा परेका पत्रकारको सहयोगका लागि स्थापना गरेको कोषमा रिसोर्ट सञ्चालक पौडेलले आज रु ५ हजार उपलब्ध गराउनुभएको हो ।
सहयोग रकम उपलब्ध गराएकोमा महासंघले धन्यवाद व्यक्त गरेको छ । कोषमा सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।
जिल्लाका पत्रकारहरूको सहयोगका लागि स्थापना गरिएको पत्रकार कल्याणकारी कोषमा सहयोग गर्न चाहने सहयोगी हातहरूका लागि प्रभु बैक परासी शाखामा रहेको कोषको चल्ती नं।०५००१५१९३९५०००११ मा जम्मा गर्न सकिने गरि व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
गत भदौ ११ गते आएको बाढीले जिल्लाका १४ जना पत्रकारहरू प्रभावित भएको र त्यसमध्ये ७ जना पत्रकार अति प्रभावित रहेको महासंघले जनाएको छ ।
कोष स्थापनाको पहिलो दिनमै लुम्बिनी दैनिक बुटवलबाट १० हजार, पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले ५र५ हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.