Jilla Ban Notis

पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पौडेल र खत्री को दावी

0 34

बर्दघाट,फागुन–१८
बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाचौं अधिवेशन यहि फागुन २१ गते शुक्रबार हुने भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाचौं अधिवेशनमा दुई प्यालन विच चुनावी प्रतिष्प्रर्दा भैरहेको छ । अहिले दुबै प्यालनले आफ्नो चुनावी प्रचार प्रसार गरीरहेका छन् ।
संस्थाको निर्वाचनमा नेकपा समर्थीत प्यानल र कांग्रेस सहितको संयुक्त प्यानल विच प्रतिस्पर्धा भैरहेको छ । अहिले आईतबार दुवै प्यानलका उम्मेदारहरुले आफ्नो उम्मेदारी दर्ता गराएका छन् र चुनावमा होमिएका छन् ।
नेकपा समर्थीत प्यानलबाट गोविन्द प्रसाद पौडेलले अध्यक्ष पद मा दावि गर्दै नेकपा समर्थीत प्यानलको नेतृत्व गर्नु भएको छ भने नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलबाट यम बहादुर खत्री मिठुले अध्यक्ष पद मा दावि गर्दै नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलको नेतृत्व गर्नु भएको छ ।

२०६१ सालमा स्थापना भएको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले २ वटा डिप बोरीङ्ग वाट १ हजार ९ सय ८३ वटा धारा मार्फत २४ सै घण्टा आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको छ ।
पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले २ सय २५ धनलिटर क्षमताको पानी टंकी मार्फत २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.