Palhinandan Notish sadabahar

न्यू लिटिल बुद्ध ई. स्कूल सुस्ताका विद्यार्थीहरुद्धारा तिर्थयात्रुहरुलाई खानेपानी वितरण ।

0 9

कृष्ण ढकाल
बर्दघाट,फागुन–६
न्यू लिटिल बुद्ध ई. स्कूल सुस्ता–१,फेचुवाका कक्षा ६का विद्यार्थीहरुले तिर्थयात्रुहरुलाई मंगलवार दिनभर पानी खुवाउने कार्यक्रम सम्पन्न् गरेका छन् । नेपाल र भारतका विभिन्न स्थानवाट मदार बाबा मेलामा आएका तिर्थालु भक्तजनहरुका लागि उनीहरुले पानी पिउने ब्यवस्था गरेको न्यू लिटिल बुद्ध ई. स्कूल सुस्ता–१,फेचुवाका एम.डि. दुर्गा पंजियारले गांऊले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । गत बिहिवार देखी शुरु भएको मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । प्रदेश नं. ४ र ५ को पहाडीक्षेत्रको सिमानामा रहेको मदार बाबाको र्दर्शन गरेर आउने र जानेहरुका लागि विचमा खानेपानीको सुविधा कतै नभएकाले विद्यार्थीहरुले ति तीर्थयात्रीहरुका लागि खानेपानीको ब्यवस्था मिलाएको विद्यालयले जनाएको छ । सेवा नै धर्महो भन्ने उद्धेश्यले उनीहरु सेवामा जुटेका थिए ।

यसवर्षको यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०३ औं मेला रहेको बताईएको छ । मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब ५० जना स्वयंसेवक , तिन ठाउँमा स्वास्थ्य शिविर , सार्वजनिक शौचालय ,नया बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन अन्सारीले बताउनु भयको छ । महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गर्दछ । बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ । मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने मदार बाबा मजार संरक्षण संस्थाले जनाएको छ । यो मेला फाल्गुन १ गते देखी शुरु भै ७ गते अर्थात भोलीसम्म संचालन रहने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.