Jilla Ban Notis

न्यू लाइफमा प्रयोगात्मक अध्ययनको प्रस्तुतिकरण र हस्तान्तरण ।

0 44

प्रकाश न्यौपाने
बर्दघाट,पौष–२१

न्यू लाइफ माध्यमिक विद्यालयमा आज एक कार्यंक्रमका विच कानुन विषय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्धारा प्रोयोगात्मक अध्ययनको प्रस्तुतीकरण गरेको छन् । विद्यालयले आफ्नो रजत जयन्तीको साताव्यापी कार्यक्रम अन्तरगर्त आज चौथो दिन कानुन विषयका विद्यार्थीहरुले पन्ध्र दिनसम्म बर्दघाट नगरपालिका र सुनवल नगरपालिकाका विभिन्न वडा कार्यलयहरुमा गएर प्रोगात्मक अध्ययन गरेका थिए । सोही अध्ययनको प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी र प्लस टु कोडिनेटर मोहन शरण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाकी उपमेयर तथा न्यायीक समिति संयोजक मायादेवी पौडेलले विद्यार्थीहरुलाई कान्नको प्रोगात्मक अध्ययन गराइ विद्यार्थी केन्द्रित शिक्षण सिकाई गराउनु पर्ने बताउनु भयो । विद्यार्थीलाई कानुनको उपयोगीता, वडा कार्यलय, नगरपालिका र नगरको न्यायीक समितिले गर्ने कामको बारेमा बताउदै उहांले नगरीकहरुमा कानुनी बुझाई कम रहेको बताउनु भयो ।

विद्यालयका शिक्षक शिव शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रममाथि प्रकाश शिक्षक प्रकाश न्यौपानेले पार्नुभएको थियो । रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुवर, रामग्राम नगरपालिका वडा न। ५ का वडा अध्यक्ष विनोद कुवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारी, विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले गर्नुभएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थी स्वयता पराजुलिले आफुहरु वडा कार्यलय गएर गरेको कार्य विवरण प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विशखा तिवारीले गरेकी थिइन । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरु, विद्यालयका शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो । यसैबीच आज गरिएको अर्को कार्यक्रम निशुल्क स्वास्थ्य परिक्षणमा करिब ६ सय जनाले स्वास्थ्य लाभ लिएको बिधालयका सस्थापक सदस्य थम अधिकारीले जानकारी गराउनु भयो । स्वस्थ्य परिक्षणका लागी युनिभर्सल मेडिकल कलेज भैरहवा र बर्दघाट डेन्टल बर्दघाटका डाक्टरसहितको करिब २५ जनाको टोलिले स्वस्थ्य सेवा प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.