Jilla Ban Notis

नेपाल र भारतका पदाधिकारी द्धारा नवलपरासीको बाढि डुवान क्षेत्रको अनुगमन ।

0 30

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१५
नेपाल र भारतका पदाधिकारीहरुले संयुक्त रुपमा नवलपरासीको दक्षिक्षेत्रमा रहेको बाढि डुवान क्षेत्रको अनुगमन गरेको छ । राष्ट्यि सभा सदस्य राम लखन हरिजनको नेतृत्वमा उक्त अनुगमन भएको हो । सो क्रममा त्रिवेणी सुस्ता गुठि प्रसौनी भुजहवा रामपुर खडौना, सोमनी लगायतका स्थनाहरुको स्थलगत अनुगमन गरीएको थियो ।

अनुगमनमा भारतीय गण्डकका उच्चस्तरिय पदाधिकारी ,नेपाल गण्डक पश्चिम नहरका पदाधिकारी ,नारायणी सिचाई आयोजनाका पदाधिकारी ,सिचाई विभागका उप महानिर्देशक, भु आर्जन तथा सम्पर्क अधिकृत बालमिकि नगर का तारा सिंह थापा लगायतको सहभागिता रहेको थियो । अनुगमनमा भारतीय पक्षद्धारा तत्कालै साविक १३ गाविस का कमान क्षेत्र को बाढि प्रभाव र त्यसको निकासका लागि पहल गर्ने प्रतिवद्धता जाहेर भएको राष्ट्यि सभा सदस्य राम लखन हरिजनले गाउँले दर्पण अनलाईलाई बताउनु भएको छ । उहांले धनेवा र झरही खोलाको सरसफाई गरी पानीको निकासको व्यवस्थापन का लागी काम छिटो अगाडी बढाउन समेत आग्रह गरेको बताउनु भयो ।

भु आर्जन तथा सम्पर्क अधिकृत बालमिकि नगरका तारा सिंह थापा ले यसवर्ष पूर्वमा बरुवा र सिगहा नाला तथा पश्चिममा धनेवार र झरही खोलाको सफाई गर्ने प्रस्ताव गरेकोमा प्रस्तावित क्षेत्रको टोलीले अनुगमन गरेको र त्यसक्षेत्रको सफाई कार्यका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जाहेर गरेको बताउनु भयो । त्यसैगरी यसैवर्ष नारायणी नदीको बिग्वापको ठोक्कर नं३ र ४ मा स्पर थप्ने समेत प्रस्ताप भएको बताउनु भयो ।

नेपाल भारत गण्डक २०१६ को सम्झौता अनुसार बाढि डुवान क्षेत्रमा भएको क्षतीको र त्यसको प्रभावका वारेमा जानकारी लिन भरतीय सरकारको टोलीले शनिबार पश्चिम नवलपरासीका दक्षिण क्षेत्रहरुको अनुगमन गरिएको हो । सम्झौता अनुसार खोलानाला सफाई गर्ने बाढि नियन्त्रण गर्ने र क्षतिग्रस्त भौतिक संरचनाहरु भारतीय पक्षले निर्माण गर्नु पर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.