Jilla Ban Notis

नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको १८ औ बार्षिक साधारण सभा सम्पन्न

0 77

पुजा लम्साल

सुनवल,माघ ४

नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखा पश्चिम नवलपरासीको १८ औ बार्षिक साधारण सभा आज उपशाखाको सभाहल सुनवल ४ रमवापुरमा सम्पन्न भएको छ । उपशाखा सभापति गोपाल प्रसाद शर्माको अध्यक्षता तथा जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्र अग्रहरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेपाल रेडक्रस प्रदेश ५ सदस्य हैदर अलि मोमिन, जिल्ला उप सभापति कृष्ण प्रसाद लामिछाने, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल , समाजसेवि थान प्रसाद गैरे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

१८ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रहरीले रेडक्रस बिपतको साथि भएको बताउदै रेडक्रसले स्थानिय सरकारसंग सहकार्य गर्न तयार भएको उल्लेख गर्नृुभयो । आगामी दिनमा भुकम्प पिडितका लागि अझ बढी सहयोग गर्ने, स्वास्थ्य शिविर लगायत विपद व्यवस्थापनका लागि आर्थिक सहयोग समिति कोष खडा गर्नेमा जोड दिनुभयो ।कार्यक्रममा बोल्ने बक्ताहरुले रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी आफ्नो पहिचान राखेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटिले गरेको कार्यलाई प्रशंसा गर्दै आगामी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लेखा समिति सदस्य चन्द्रकान्त पाठकले प्रस्तुत गर्नुभएको कोषअध्यक्ष र लेखा समितिको प्रतिवेदन सभामा छलफल गरि पारीत गरिएको छ । जुरेश÷युरेश संयोजक भविश्वर पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव रुद्रकुमारी कण्डेलले गर्नुभएको थियो । सो अवसरमा समाजसेवि थान प्रसाद गैरे, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल , जिल्ला उप सभापति कृष्ण प्रसाद लामिछाने, उमाकान्त उपाध्याय लगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.