Jilla Ban Notis

नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाको ९औं वार्षीक साधारण सभा सम्पन्न् ।

0 28

कृष्ण ढकाल
बर्दघाट,फागुन–३
नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाको ९औं वार्षीक साधारण सभा शनिवार सम्पन्न् भएको छ । बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी नवलपरासी जिल्ला शाखा सभापति राजेन्द्र अग्रहरी,शाखामन्त्री ऋषिराम सुवेदी,बर्दघाट नगरपालिका वडा नं २ की वडाध्यक्ष दर्या दर्लामी,दिब्य ज्योती मावि ब्यवस्थापन समिति अध्यष सुबोध जागृत बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष टिकाराम भण्डारीले संस्थाको वार्षीक आय ब्यय विवरण प्रस्तुत गर्नु भएको थियो । भण्डारीले प्रस्तुत गर्नु भएको विवरण अनुसार संस्थाले आ.व. २०७५÷०७६ मा रु ७ लाख ९ हजार ७ सय १७ रुपैया ३३ पैसा जम्मा आम्दानी गनै सफल भएको छ । जस्मा २ लाख ५० हजार ३ सय ४७ रुपैया भवन निमार्णमा र १ लाख ८३ हजार ७ सय ८३ रुपैया कार्यालय संचालनमा खर्च भएकोउल्लेख गरीएको छ । ९औं वार्षीक साधारण सभा कार्यक्रमको संचालन दिर्घ घिमिरेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.