Jilla Ban Notis

नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ सुनवलको अध्यक्षतामा सोम बहादुर राना मगर

0 36

दिपक खनाल
सुनवल,पुस २५
नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ सुनवलको प्रथम नगर अधिबेसन सुनवल वडा नम्बर १३ सुन्दर बस्ती महाबिर बौद्ध बिहारको सभाहलमा सम्पन्न भएको छ । सम्पन्न उक्त अधिबेशन बाट सोम बहादुर राना मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ नगर समिती सुनवल गठन भएको छ । जसको उपाध्यक्षमा टेक बहादुर पुन, सचिबमा केशरी थापा मगर, सहसचिबमा मन बहादुर गाहा, कोषाध्यक्ष नेम बहादुर उम्रा मगर, सदस्यहरुमा क्रमश गुन बहादुर थापा, बुद्धि प्रसाद थापा मगर, राम माया सारु मगर, मन बहादुर सारु मगर, धन बहादुर श्रीस मगर र राम बहादुर थापा मगर सर्बसहमती बाट निर्बा्चित भएको जिल्ला अध्यक्ष मन बहादुर थापा मगरले जान्कारी दिनु भएको छ । जिल्ला समितिका अध्यक्ष थापा मगरको अध्यक्षता तथा ५ नम्बर प्रदेश समितिका सदस्य टेक बहादुर थापा मगर र प्रदेश समिती सदस्य निम प्रसाद काउचा मगरको बिशेष उपस्थिति र मगर भुपु सैनिक हरुको उपस्थितिमा अधिबेशन सम्पन्न सम्पन्न भएको हो । जिल्ला समितिका सह सचिब हर्क बहादुर पुन मगरको स्वागत मन्तव्य रहेको अधिबेसन कार्यक्रमको सन्चालन जिल्ला समितिका सचिब भिम बहादुर सारु मगर गर्नु भएको थियो । कार्यक्रममा ५ नम्बर प्रदेश सदस्य टेक बहादुर थापा मगरले निर्बा्चित नगर समिती लाइ सफलताको शुभकामना ब्यक्त गर्दै सम्पुर्ण मगर भुपु शैनिकहरु एक्ताबद्द हुनु पर्नेमा जोड दिनु भएको थियोे । सो अवसरमा प्रदेस सदस्य निम प्रसाद काउचा र जिल्ला सदस्य रन बहादुर पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसैगरि

नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ जिल्ला समिति नवलपरासीको पुर्ण बैठक सुनवल वडा नम्बर १३ सुन्दर बस्ती महाबिर बौद्ध बिहारको सभाहलमा आज सम्पन्न भएको छ । जिल्ला समितिका अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न बेठकले मगर भुपु सैनिक तथा प्रहरी संघ नगर समिती सुनवलको अधिबेशन गर्ने निर्णय गरेको छ । यसैगरि नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको तेस्रो अधिबेशनमा जिल्ला समिती बाट प्रतिनिधि र प्रयवेक्षक पठाउने बारेमा निर्णय भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रदेश ५ सदस्य टेक बहादुर थापा मगरको बिशेष उपस्थिति एवं मगर भुपु सैनिक अगुवाहरुको उपस्थितिमा बैठक बसि बिभिन्न बिषयमा छलफल गरि निर्णय पारित गरिएको हो ।

Leave A Reply

Your email address will not be published.