Jilla Ban Notis

नेपाल पत्रकार महासंघ नवलपरासी शाखा पुरस्कृत

0 97

कृष्ण ढकाल
बर्दघाट,फागुन ४
नेपाल पत्रकार महासंघ नवलपरासी शाखा पुरस्कृत भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारणसभामा लुम्बिनी प्रदेशका अन्य शाखाहरु भन्दा नवलपरासी शाखाले आम संचारकर्मी,सञ्चार क्ष्ँेत्र पत्रकार महासंघको सुदृढिकरण र पत्रकारीताको समग्र विकासमा ऊत्कृष्ट कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखालाई पुरस्कृत गरीएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मौसम रोकाको अध्यक्षता र लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा दाङगं ा भएको प्रदेशको साधारणसभामा नवलपरासी शाखालाई सम्मान गरीएको थियो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पत्रकारीता र पत्रकारको पक्षमा रहेर उत्कृष्ट कार्यगरेको नवलपरासी शाखालाई अझ क्रियाशिल बनाउदै सञ्चारक्षेत्रको सम्रग विकासमा लागन् आग्रह गर्नु भएको थियो । उहांले सत्य तथ्यका आधारमा प्रभावकारी समाचार सम्प्रेसणमा जोड दिनका लागि पनि नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्मामार्फत आग्रह गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदान गरेको सम्मान शाखा अध्यक्ष हरिशर्माले ग्रहण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.