Jilla Ban Notis

नेपाल तरूण दल र नेपाल आदिवासी जनजाती महासंघ,नवलपरासीद्धारा विरोध।

0 53

कृष्ण ढकाल
बर्दघाट,असोज–१८
प्रदेश नं ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारले गरेको प्रस्ताव प्रति नेपाल तरूण दल, नवलपरासी (बसुप) को गम्भिर आपत्ती रहेको भन्दै जिल्ला अध्यक्ष सुक गुरुङ्गले विज्ञप्ती जारी गर्नु भएको छ । त्यसैगरी प्रदेश राजधानी सार्ने प्रस्तावका विरुद्धमा भोली सोमवार भुमहि चोकमा नेपाल तरूण दल, नवलपरासी (बसुप) ले विरोधको कार्य गर्ने समेत उहांले बताउनु भयो ।
यता
प्रदेश नं ५ को स्थायी नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारले गरेको प्रस्ताव प्रति नेपाल आदिवासी जनजाती महासंघ पश्चिम नवलपरासीले पनि एक विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशको नाम मगरात थरुहट प्रदेश राख्नु पर्ने माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष देवराज चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ प्रदेश ५ मा थारु, मगर, आदिवासी जनजातीहरुको वाहुल्यता रहेकाले प्रदेशको नाम पनि सोहि अनुसार हुनु पर्ने आफुहरुको माग रहेको उल्लेख गरीएको छ ।  https://www.youtube.com/watch?v=FmI4DKbOh6c

Leave A Reply

Your email address will not be published.