Jilla Ban Notis

नेपाली रेल जयनगर आइपुग्यो ,भोली जनकपुर स्टेशन आइपुग्ने ।

नेपाल सरकारले खरिद गरेको रेल हेर्नको ठूलो भीड

0 69

असोज–१
जनकपुरधाम
नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल बिहीवार सांझ साढे ६ बजे जयनगर आइपुगेको छ । शुक्रवार मध्यान्हसम्म उक्त रेल सेट जनकपुर स्टेशन आइपुग्ने छ। जयनगरमा रेल सेट हेर्न ठूलो भीड लागेको छ। अधिकांश डब्बा प्लाष्टिकले छोपिएको छ । रेल नेपालको राष्ट्रिय झण्डा रंगले रँगिएको छ। जनकपुर आएपछि रेलको भव्य स्वागत गरिने तयारी छ । स्वागतका लागि आज जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएको छ। ८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको छ ।

रेल शुक्रवार नै जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि भोलि जनकपुर आइपुग्ने छ। रेलको परीक्षणपछि औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ। रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ।

थाहा खवर अनलाईन

Leave A Reply

Your email address will not be published.