Jilla Ban Notis

नेकपा सरावल गाउंकमीटीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न् (भिडियो सहित)

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुखाडी चौधरी सहित १ सय २७ जना नेकपामा प्रवेश

0 37

कृष्ण ढकाल
सरावल,कार्तिक–१७
नेपाल कम्युनिष्ट पार्टी सरावल गाउंकमीटीले आयोजना गरेको बिजया दशमी,शुभदिपावली तथा छठ् पर्वको अवसरमा आयोजीत शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा गोब्रहीया कुटीमा सम्पन्न् भएको छ ।
नेकपा सरावलका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–ईन्चार्ज तथा मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पाल्ही बहुमुखि क्याम्पसका पूर्व स्ववियू सभापति सुखाडी चौधरी सहित १ सय २७ जना नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अहिलेको कार्यकालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी जाने संभावना नरहेको बताउनु भएको थियो । त्यसैगरी फरक प्रसंगमा मन्त्री चौधरीले अहिलेको सरकारले विकासका थुप्रै दिर्गकालिन महत्वका कार्यहरु गरेको बताउदै प्रदेश सरकारले नवलपरासी जिल्लामा विषेश महत्वका साथ विकास निमार्णका लागि बजेट छुट्टाएको बताउनु भएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, प्रदेश सदस्य बृहस्पति अधिकारी, प्रदेश सदस्य तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, कार्यालय सदस्य एवं प्रदेशसभा सदस्य दीपेन्द्र कुमार अधिकारी, कार्यालय सदस्य विमला अर्याल, जिल्ला सचिवालय सदस्य एवं बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, रुद्रप्रकाश उपाध्याय, जिल्ला सचिवालय सदस्य डि.बी. थापा, जिल्ला सदस्य प्रहलाद पासवान, जगदीस चौधरी, केशव भण्डारी, रामानन्द हरिजन,मिनराज पन्त, देवराज श्रेष्ठ,राजन आर्चाय,राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रे अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.