sunwal

निशेधाज्ञाको समयमा बुद्धज्योति प्रा.बि हात्तिवनमा चोरी तथा तोडफोड

142

उमेश बि.क

सरावल ,८ भदौ
निशेधाज्ञाको समयमा अज्ञात समुहद्धारा बुद्धज्योति प्राथमिक बिद्यालय हात्तिवनमा चोरी भएको छ ।नवलपरासीको सरावल गाउँपालिका वडा नं। ४ हात्तिवनमा अवस्थित बुद्धज्योति प्राथमिक बिद्यालयको तिनवटा पंका चोरी भएको बिद्यालयका प्र।अ बिनोद पाण्डेयले जानकारी दिनुभएको छ।

निशेधाज्ञाको समयमा अज्ञात समूहले बिद्यालयमा तोडफोड गर्नुको साथै ढोकाको ताल्चा फुटाएर कोठाभित्रको ब्रेन्च तोडफोड गरी तिनवटा पंखा चोरी गरेका हुन ।
ब्रेन्च तोडफोड र पंखा चोरीबाट करिब २० हजार बराबरको क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको प्र।अ पाण्डेयले बताएका छन् ।