Jilla Ban Notis

निर्धक्क भएर कामका खटिन र खटाउन स्वास्थ्य कार्यालय प्रमुखहरुलाई मन्त्री वरालको निर्देशन ।

0 16

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१७
प्रदेश नं ५ अन्तर्गतका जिल्ला स्थित स्वास्थ्य कार्यालय प्रमुखहरुसंग वुधवार सामाजिक विकास मन्त्री सुदर्शन बरालले भर्चुअल बैठक सम्पन्न् गर्नु भएको छ । बैठकमा ११ वटा जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरुले सहभागिता जनाएका थिए । कोभिड –१९ रोकथाम तथा नियन्त्रणको लागि भएका कार्य, स्वास्थ्य संस्थाहरुको अनुगमन लगायतका विषयमा जिल्ला स्थित स्वास्थ्य कार्यालय प्रमुखहरुले मन्त्री वराललाई रिपोटिङ गरेका थिए । सो भर्चुअल बैठकवाट मन्त्री वरालले जनरल हेल्थलाई क्रमशः सुचारु गर्न, कन्ट्याक्ट ट्रेसिङ प्रोटोकल अनुसार काम गर्न, आरडिटि तथा पिसिआर टेस्टको लागि सरकारले दिएको निर्देशन र मापदण्ड अनुसार गर्न गराउनुहुन निर्देशन दिनु भएको बताईएके छ । त्यसैगरी जेष्ठ नागरिक(८४ वर्ष माथी)लाई घरघरमा पुगेर दिईने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन समेत दिनु भएको थियो । उहांले कोभिड– १९ नियन्त्रण तथा अन्य स्वास्थ्य सेवाको लागि बजेटको कुनै पनि कमि हुन नदिने बताउनु हुदै निर्धक्क भएर कामका खटिन र खटाउन निर्देशन दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.