Jilla Ban Notis

0 23

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२०
कोरोना भाइरस रोग २०१९ (कोभिड(१९) का कारण भएको बन्दा बन्दीले कक्षा ८ का विद्यार्थीहरुको परिक्षा रोकिएकाले तत्काल निरन्तर मुल्याङ्कन प्रणाली का आधारमा नतिजा प्रकासश गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीले माग गरेको छ । आज यूनियनका जिल्ला संयोजक सुसान्त धिमिरे र सह–संयोजक विशाल गिरीद्धारा हस्ताक्षरीत संयुक्त विज्ञप्तीमा सो कुरा उल्लेख गरीएको छ । त्यसैगरी अन्य कक्षाका विद्यार्थीहरुको नतिजा प्रकासन र विद्यार्थीहरुको भर्ना अभियानसंगै सामाजिक दुरीकायम गरेर पुस्तक वितरण गर्नका लागि प्रदेश सरकारले दिएको निर्देशनको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीले विज्ञप्ती मार्फत स्वागत समेत गरेको छ । https://www.youtube.com/watch?v=AsBeXNzXhF8&t=195s

 

Leave A Reply

Your email address will not be published.