Jilla Ban Notis

निःशुल्क बेसिक एडभान्स सिलाईकटाई तालिम सुरु ।

0 53

परासी २० पुस

पश्चिम नवलपरासीमा आजदेखी निःशुल्क बेसिक एडभान्स सिलाई कटाई तालिम सुरु भएको छ । रामग्राम नगरपालिकाको आर्थिक सहयोग तथा उद्यौग बाणिज्य संघ इलाम प्रशिक्षण केन्द्रको आयोजनामा निःशुल्क ६ महिना बेसिक एडभान्स सिलाई कटाई तालिम सूरु भएको हो । तालिमको आज एक कार्यक्रमको बिच रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उर्दघाटन गदै अबको युगमा सिप नै आजको आवश्यकता रहेको भन्दै महिला तथा युवाहरु मार्फत उद्यामशीलता बढाउन योजना नगरपालिकाको रहेको बताए ।उनले स्थानियतहमा सिप सिकेर निर्भर बनानउने र उद्यामशीलता बढाएर मात्र आर्थिक रुपमा आर्यजन गर्न सकिनेमा जोड दिएका थिए । सिपसिकेर व्यवहारमा उर्तान सकिने भने सिप सिकेर केही अर्थ नहुने भएकोले सिप सिकेर व्यवहार उर्तान सहभागिहरुलाईल अग्रह गरेका थिए ।उद्योग बाणिज्य संघका बारिष्ठ उपाध्इक्ष ओम प्रकाश अग्रहरीको अध्यक्षता भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारी,महासचिव गिरीराज पाण्डेय लगायतले शुभकामना व्यक्त गरेका थिए । तालिमा नगरपालिका भित्रका २९ जना महिलाहरु सहभागित रहेको छ । ६ महिना सम्म चल्ने तालिमको प्रमुख प्रशिक्षकको रुपमा मायादेबी गुप्ताले रहेकी छिन ।

Leave A Reply

Your email address will not be published.