सुनवल,पौष–२६
नवलपरासी फोटो ग्राफर संघको प्रथम साधारण सभा तथा अधिवेशन सुनवलमा सम्पन्न् भएको छ । शनिवार भएको अधिवेशनले चेतनारायण पाण्डेको अध्यक्षतामा पुनः नयां कार्य समिति सर्वसम्वत रुपमा गठनगरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद गौतम उपाध्यक्षमा सन्तोष श्रेष्ठ र महासचिवमा टेकबहादुर बुढाथोकी लाई चयन गरेको छ भने सचिवमा यज्ञमुर्ति भण्डारी र कोषाध्यक्षमा मनोज कुमार चौधरीलाई चयन गरेको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा सुरज चालिसे , भोलेनाथ कोईरी, गिरेन्द्र प्रसाद जैसवाल, शिवराज केसी, तारा लम्साल ,देव बहादुर चौधरी ,कुमार आले लगायतका ब्यक्तिहरु रहेको नव निर्वाचीत अध्यक्ष पाण्डेले जानकारी दिनु भएको छ ।
नवलपरासी फोटो ग्राफर संघका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल फोटोग्राफर संघ तर्दथ सदस्य तथा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय,सुनवल वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डे, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, लगाएतको उपस्थिती रहेको थियो ।

aadhuro samachar, karyekarm kasle sanchalan garyo, swagat matabye kasle diyo upasthiti kati thiyo khai ? kun thau ma sampanna vako thiyo ?