Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा ९२ हजारको अबैध मालसमान बरामद ।

0 13

सहबान अन्सारी
प्रतापपुर,श्रावण–१२
नवलपरासीको सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट ९२ हजार मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार पाल्हिनन्दन गाउँपालिका वडा नं। भक्सीपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको करिब ७० हजार मुल्य बराबरको मटर ९ केराउ० र सोही सम-यमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब १२ हजार मुल्य बराबरको १२ पिस लेडिज कुर्ता सुरवाल सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।

त्यसैगरि प्रतापपुर गाउँपालिका वडा नं। ५ भैरवपुरमा नेपालबाट भारततर्फ लैजादै गरेको करिब १० हजार मुल्य बराबरको ४ बोरा मटर ९केराउ० प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो । उक्त मटर ९केराउ० मानिसहरुले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।  नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.