Jado Notish Bardaghat

नवलपरासी जिल्लामा नेकपा एमाले प्रवेशको लहर ।

0 62

बर्दघाट,फागुन–२४
चुनावको मिति नजिकिएसंगै पश्चिम नवलपरासी जिल्लामा नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । अहिले नेकपा एमाले नवलपरासीले संचालन गरेको ,,मेरो वडा म जिताउछु ,हाम्रो पालिका हामी जिताउछौ ,, अभियानका क्रममा भैरहेका टोलकमीटी देखि विभिन्न भातृसंगठनका कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
यसैहप्ता मात्रमा नवलपरासीको पाल्हिनन्दन गाउँपालिका र प्रातपपुर गाउँपालिकामा भएको कार्यक्रममा २ सय ७५ जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

यतिवेला नेकपा एमाले नवलपरासीका नेता कार्यकर्ताहरु टोल –टोलमा संगठन, घर–घरमा एमालेजन भन्ने नाराकासाथ जिल्लाका विभिन्न स्थानहरुमा पार्टीका विभिन्न संगठनका गतिविधि गर्ने देखि संगठन निमार्ण गर्ने र अन्यपार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत सम्मान गर्नेमै ब्यस्त भएका छन् ।

अहिले हरेक दिन कम्तीमा जिल्लाका चार पाँच स्थानमा अन्य पार्टीपरित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।

Leave A Reply

Your email address will not be published.