Jilla Ban Notis

नवलपरासी कांग्रेसले दियो १ सय पिस पीपीई

0 47

हरि शर्मा
परासी, १ बैशाख
नेपाली कांग्रेस जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका सबै ७ स्थानीय तहलाई पीपीई उपलब्ध गराएको छ । उपलब्ध गराइएको पीपीईको मूल्य २ लाख ५० हजार छ । त्रिभुवन क्याम्पस बेलाटारी पश्चिम नवलपरासीका पूर्व स्ववियू इकाई सभापति चन्द्रकान्त खनालले उपलब्ध गराएको पीपीई पार्टीका जिल्ला कार्यबहाक सभापति अर्जुन कुमार पोखरेलको नेतृत्वमा पुगेको संविधासभा सदस्यद्धय देवकरण कलवार, विक्रम खनाललगायतको वितरण टोलीले सोमबार स्थानीय तहहरुलाई हस्तान्तरण गरेको हो । भारतीय सीमासँग जोडिएको पश्चिम जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । जिल्लामा पीपीई अपुग रहेको जानकारी आएपछि स्थानीय तह मार्फत उक्त सामाग्री उपलब्ध गराइएको कार्यबहाक सभापति पोखरेलले बताए । उपलब्ध गराइएका पीपीईमा सुनवल नगरपालिकालाई २० पीस छ । त्यसैगरी रामग्राम र बर्दघाट नगरपालिकालाई १५/१५ पीस, प्रतापपुर, सुस्ता, पाल्हीनन्दन र सरावल गाउँपालिकालाई १०/१० पिस छन् । त्यसैगरी एम्बुलेन्स चालकका लागि ५ पिस र आवश्यक परेका बेला उपलब्ध गराउन भन्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ पिस पीपीई उपलब्ध गराइएको छ । उपलब्ध गराइएको पीपीई डबल कभरसहित एयर टाईट र वाटर पु्रफ रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होलाले बताए ।‘ यो पीपीई धोएर पुन लगाउन मिल्नुका साथै सेनिटाईजर गरेपछि आइसोलेसन कक्षमा पनि प्रयोग गर्ने खालको छ ।’ उनले भने ।

Leave A Reply

Your email address will not be published.