Sarawal sit lahar Notis

नवलपरासी कांग्रेसमा खनाल गुट बलियो

कांग्रेसका दुई नेताहरुको पानी बाराबार

0 37

हरि शर्मा
परासी, असोज ८
पश्चिम नवलपरासी कांग्रेसमा खनाल गुट बलियाे देखिएकाे छ । १४ औं महाधिवेशन अन्तरगत भएको वडा अधिवेशनको प्रतिनिधि छनौटका आधारमा कण्डेल गुट भने कमजाेर देखिएकाे छ ।
जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । कँडेल पार्टी सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवा गुटका हुन भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् । खनालसँग अर्का संविधासभा सदस्य देवकरण जयसवालको विगतदेखि नै साथ रहेकाले उनी बलियो देखिएको गुटगत राजनीतिबाट टाढा रहेका कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । जिल्लामा देउवा र रामचन्द्र गुट भन्दा पनि कँडेल र खनाल गुटको प्रतिस्पर्धासँगै पानी बाराबारको स्थिति छ ।
वडा क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वदेखि क्षेत्र/गाउँ/नगरर महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकाले दुवै पक्षका नेताहरु रस्साकस्सीमा जुटेका हुन् । वडा अधिवेशन नजिकिदैं गरेकाले पनि यी दुई गुटका नेताहरु एक अर्काको मत तान्न दौडधुपमा लागेका छन् । ‘ भोटमा यी दुई गुटले ‘नोट (पैसा)’ छर्न पनि पछि पर्दैनन् ।’ एक कांग्रेस कार्यकर्ताले दुई नेताहरुको पानी बाराबारको स्थितिलाई दर्शाउँदै भने । गाउँ/नगरको निर्वाचन असोज ९ गतेका लागि तय गरिएको छ ।
जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाको अधिवेशन सकिएको छ । अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । जसअनुसार जिल्ला नेतृत्वसहित १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा खनाल गुट बलियो छ । पालिकातर्फ २ नगरपालिका र २ वटा गाउँपालिकामा खनाल पक्ष बलियो देखिएको छ । कँडेल पक्ष बलियो देखिएकामा १ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, १ प्रदेशसभा तथा १ नगरपालिका र १ गाउँपालिका छन् । १ वटा गाउँपालिकामा कडा प्रतिस्पर्धा छ ।
मतको आकलन अनुसार खनाल गुट जिल्ला नेतृत्वमा २ सय ३० भोटको हाराहारीमा कँडेल गुटभन्दा अघि देखिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा २ सय ३० भोटको हाराहारीमा खनाल गुट अघि छ भने सोही निर्वाचन क्षेत्रको ‘क’ मा ६५ भोट र ‘ख’ मा १ सय ६० मतले खनाल गुट अघि देखिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा १ सय १० मत ले उक्त गुट अघि देखिएको छ । नगरपालिकातर्फ सुनवलमा १ सय ५० र बर्दघाटमा ८० भोटको हाराहारीमा खनाल गुट अघि देखिएको छ । गाउँपालिकातर्फ सुस्तामा ५० र प्रतापपुरमा १ सय बढी मतको हारहारीमा खनाल गुट अघि देखिएको आकलन गरिएको छ ।
त्यस्तै मतको आकलन अनुसार कँडेल गुट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ३० मतको हाराहारीमा अघि देखिएको छ । भने सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘ख’ मा १ सय ३५ मतको हाराहारीमा कँडेल गुट अघि देखिएको छ । रामग्राम नगरपालिकामा १ सय र पाल्हीनन्दन गाउँपालिकामा ६५ मतको हाराहारीमा कँडेल गुट अघि देखिएको छ । सरावल गाउँपालिकामा भने दुवै गुटको कडा प्रतिस्पर्धा रहेको निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुले बताएका छन् ।
चुनावी प्रतिस्पर्धामा गुटै बनाएर उत्रिएका दुवै पक्षले १/२ पालिका बाहेक सबैमा आफ्नो पकड बलियो रहेको दाबी गरेका छन् । यी गुटले केही पालिकाबाहेक सबैमा प्यानलै बनाएर उमेदवारी सार्वजनिक गरिसकेका छन् । केहीमा बाँकी छ ।
जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् ।

Leave A Reply

Your email address will not be published.