Jilla Ban Notis

नवलपरासीमा १३ लाख ५८ हजार मुल्य बराबरको अवैध मालसामन प्रहरी नियन्त्रणमा

0 25

उर्मिला यादव
भदौ ५
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १३ लाख मुल्य बराबरको अवैध मालसामनहरु प्रहरीले आफ्नो नियन्त्रमा लिईएको छ । भारतबाट अबैध रूपमा भन्सार छ्ली नेपाल तर्फ ल्याउदै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार  १ पिकअप गाडी ,४०बोरा युरिया मल , २ वटा भैंसी,१ भैसिको पाडो र ४७५ किलो हरियो मटर नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय बेलाटारि र प्रहरी चौकी कुडियाबाट खटिएको संयुत्त प्रहरी टोलिले बिहिवार सुस्ता गाउपालिका २ कुडिया स्थित रामनगरबाट
कुडियातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च ०३१२नम्बरको पिकअप गाडीलाई रोकि चेकजाच गर्दा गाडीमा ४० बोरा युरिया मल फेला परेको र सोधपुछ गर्दा उक्त मल संग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले उक्त गाडीको चालक सहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको छ । बरामद युरिया मल प्रती बोरा ७ सय ५० का दरले ४० बोराको ३० हजार मुल्य बराबर र पिकअप गाडीको मुल्य १२ लाख गरि कुल १२ लाख ३० हजार मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । त्यस्तै गरि जिल्लाको भारतिय सिमावर्ती एरिया बाट अन्दाजी ३८ हजार मुल्य बराबरको ४७५ किलो हरियो मटर पनि प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको ५ वटा बोरामा १ सय २५ किलो हरियो मटर प्रतापपुरबाट गाउपालिका ४ हरपुरबाट प्रहरी चौकी पचपेडाको प्रहरी टोलिले बरामद गरेको छ भने सरावल गाउपालिका ७ बुलन्दपुरबाट ९ बोरामा ३ सय ५० किलो हरियो मटर सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलिले बरामद गरेको छ ।
उक्त मटर  साइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखेर मानिस बोरा फाली साइकल सहित भागेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएको १ पिकअप गाडी ,१ जना चालक , ४० बोरा युरिया मल , २ भैंसी ,१ भैसिको पाडो र ४ सय ७५ किलो हरियो मटर आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.