Jilla Ban Notis

नवलपरासीमा सद्धाम हुसेन अन्सारीको अध्यक्षतामा ११ सदस्यिय अवधी पत्रकार संघ नेपाल जिल्ला कार्य समिती चयन ।

0 39

उर्मिला यादव

सुनवल,माघ १२
अवधी पत्रकार संघ नेपाल पश्चिम नवलपरासी जिल्ला शाखाको दोस्रो अधिवेशनबाट सद्धाम हुसेन अन्सारीको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिती चयन गरीएको छ । जसको उपाध्यक्षमा जितेन्द्र गुप्ता, उर्मिला यादव, सचिवमा उमेश बिश्वकर्मा , सहसचिवमा नन्दु यादव , कोषाध्यक्षमा संजय कुशस्वाहा चयन हुनु भएको छ । भने सदस्यहरुमा रबिन्द्र यादव, अनिल यादव, पवन हरीजन , रन्जित बिश्वकर्मा र सुरेश यादव रहनु भएको छ । यस्तै गरी अवधी पत्रकार संघ नेपाल पश्चिम नवलपरासी जिल्ला शाखाको केन्द्रिय प्रतिनिधीमा बृजराज कुशवाहा, बेचु गौड , देशबन्धु यादव , लक्ष्मी हरीजन र ताराचन्द्र बर्मा चयन हुनु भएको छ । अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्राको अध्यक्षता तथा जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख आथित्यतामा अवधी पत्रकार संघ नेपाल पश्चिम नवलपरासी जिल्ला शाखा कार्यसमिती गठन गरीएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख रायले पत्रकारहरुले सत्यतथ्य र निष्पक्ष रुपमा रहेर समाचार लेख्नुपर्ने बताउनु भएको छ । उहाले बिना संघर्ष कुनै सफलता प्राप्त गर्न नसकिने बताउदै कुनै पनि समिती गठन गर्दा कागजी रुपमा मात्र सिमीत नगरी क्रियासिल भएरअगाडी बढनुपर्नेमा जोड दिनु भएको छ । उहाले समाज परिर्वतको जिम्मेवारी हामी सबैको भएको हुदा क्रियासिल भएर रणनितिक योजनाका साथ अगाडी बढन सके मात्र लक्ष्यमा पुग्न सकिने बताउनु भयो ।

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश मिश्रले अवधी भाषाको पेशागत हकहितको लागि अगाडी बढनुपर्ने बताउनु भएको छ । उहाले अवधी भाषालाइ राष्ट्रिय स्तरको संस्थाको रुपमा बिकास गर्नका लागी योजनाका साथ अगाडी जोड दिनु भयो । उहाले अवधी भाषा संरक्षणका लागि अभियानकै रुपमा लैजाने योजना रहेको जानकारी दिदै अवधि भाषालाइ पेशागत हकहित र नेतृत्व गर्ने संस्थाको रुपमा बिकास गर्नका लागी आफुहरु शाखा बिस्तार गर्दै गएको बताउनु भएको छ । कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादव , महासचिव जि।एम यादव,लगायत पश्चिम नवलपरासीका अवधी भोजपुरी पत्रकारहरुको सहभागिता रहेको थियो भने अवधी पत्रकार संघ रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.