Jilla Ban Notis

नवलपरासीमा शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन तालीम सम्पन्न् ।

0 28

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२८
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजना र एक्सन अगेन्स्ट हंगरको सहयोगमा नवलपरासी जिल्लाका सात स्थानिय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम सम्पन्न् भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य निरिक्षक कृष्ण पोख्रेलको अध्यक्षता र सरावल स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक सुमन पन्थीको संचालनमा चार दिने उक्त तालीमको समापन गरीएको थियो ।
समापनका अवसरमा बोल्दै जनस्वास्थ्य निरिक्षक कृष्ण पोख्रेलले तालीम सकिएको नभै अब बल्ल भोलीदेखि तालीममा सहभागिहरुको वास्तबिक तालीमको शुभारम्भ हुने बताउनु भएको थियो । उहांले चार दिनसम्म सिकेको ज्ञानलाई ब्यवहारमा उतार्नका लागि संवेदनसिल भएर परिणाममुखि कार्यगर्न सबैलाई शुभकामना समेत दिनु भएको थियो ।
गत २५ गते देखि शुरु भएको उक्त चार दिने शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रममा जिल्लाका २१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । जिल्लामा स्वास्थ्य संस्था र हस्पिटल गरी ४१ वटा रहेको भएपनि अहिले पहिलो चरणमा जिल्लाका सातवटै स्थानिय तहवाट २१ जना स्वास्थ्यकर्मीहरुलाई सहभागि गराएको र पछि वांकीलाई फेरी दोस्रो चरणमा यसरी नै सोही तालीम प्रदान गर्ने कार्ययोजना रहेको जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य कार्यालय नवलपरासीका सुचना अधिकृत कृष्ण पोख्रेलले जानकारी दिनु भएको छ ।
श्रावण २५ गते देखि संचालीत शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रममा एक्सन अगेन्स्ट हंगरका कार्यक्रम अधिकृत रञ्जन कपालि,जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य कार्यालय नवलपरासीका सुचना अधिकृत कृष्ण पोख्रेल,स्वास्थ्य कार्यालय नवलपरासीका तथ्यांक अधिकृत बजरंगी प्रसाद चौधरी ,सरावल स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक सुमन पन्थी र चिसापानी अस्पतालका डा. संजीव सापकोटाले सहजीकरण गर्नु भएको थियो ।
कुपोषण भएका बालवालिकाहरुको स्वास्थ्य सुधार कसरी गर्न सकिन्छ भन्नेवारेमा जानकारी गराउने उद्धेश्यले आयोजीत तालीममा ६ महिना देखि ५९ महिना सम्मका बालबालिकामा हुने शिघ्र कुपोषको अवस्था पत्ता लगाउने,रोथाम र उपचार गर्ने तरीकाका वारेमा जानकारी गराईएको थियो । गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण बालबालिकामा कुपोषणको अवस्था देखिएकाले त्यसको लागि पनि सचेत गराउन जरुरी रहेको बताईएको थियो ।

Leave A Reply

Your email address will not be published.