Jilla Ban Notis

नवलपरासीमा वाल अभियान शुरु,जिल्ला बाल अधिकार समिति नवलपरासी गठन ।

0 30

परासी, माघ-२२
जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष शिव शंकर रायको अध्यक्षतामा जिल्ला बाल अधिकार समिति नवलपरासी गठन भएको छ ।  बुधवार बसेको जिल्लाका सरोकारवालाहरुको भेलाले उक्त समिति गठन गरेको हो । प्रदेश सरकारकोे बाल अधिकार समिति गठन गर्ने निर्णय अनुसार एत्त, समिति गठन भएको बताईएको छ । प्रदेश सरकारको ऐन निर्देशन अनुसार जिल्ला समन्वय समितिका प्रमुख अध्यक्षता रहनेगरी १५ सदस्यि समिति गठन गरिएको हो । जसमा ४ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । नवलपरासीमा सो समितिले बुधवार पूर्णता पाएको रायले जानकारी दिनुभयो ।   जसमा प्रमुख जिल्ला अधिकारी सहित, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला शिक्षा तथा समन्वय एकाईका प्रमुख र विभिन्न सरोकारवालाहरु सदस्य रहेका छन भने मनोनित गर्ने चार जना सदस्यहरुलाई पनि मनोनित गरिएको समितिका अध्यक्ष रायले जानकारी दिनुभयो ।    जसमा शिक्षा क्षेत्रवाट सुमनगोपाल आचार्य, सामाजिक क्षेत्रवाट कैलाश ठाकुर ,बालअधिकारकर्मि रवि गौतम र संविधान सभा सदस्य दुलारी हरिजन सदस्यको रुपमा मनोनित हुनभएको छ । भने
रामग्राम नगर बाल संञ्जालका अध्यक्ष ज्योति ढुगाना र सुनवल नगर बाल संञ्जालका अध्यक्ष कृष्ण घिमिरे पनि मनोनित हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.