Jilla Ban Notis

नवलपरासीमा रामग्राम स्तुपबाट भ्रमण वर्षको शुभारम्भ गरिदैँ ।

0 10

गौरीशंकर जयसवाल

परासी, १४ पुस

पश्चिम नवलपरासीमा भ्रमण वर्षको शुभारम्भका लागि तयारी तीव्र पारिएको छ । जनवरी महीनाको एक गतेदेखि शुरु हुने भ्रमण वर्ष पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको अस्थुधातु रहेको स्थल रामग्राम स्तुपबाट शुभारम्भ गरिदैँछ । अंग्रेजी वर्ष २०२० को जनवरी १ तारिख अर्थात यहि पुस १६ गते रामग्राम स्तुपमा पहिला आउने पर्यटकलाई स्वागत गर्र्दै भ्रमण वर्षको शुरु गर्न लागिएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले जानकारी दिए । उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा पर्यटन सम्भावनाको विषयमा अन्र्तक्रिया पनि हुनेछ । रामग्राम स्तुपमा हुने भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई व्यवस्थित गर्न समिति सदस्य गायत्री आचार्यको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको प्रचारप्रसार समितीका संयोजक मोहन पौडेलले जानकारी दिए । आज परासीमा बसेको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले उक्त उपसमिति गठन गर्नुका साथै जिल्लामा भ्रमण वर्ष भव्यताका साथ मनाउने निर्णय गरेको हो । भ्रमण वर्षको अवधिसम्मका लागि जिल्लाका विभिन्न स्थानमा अस्थायी प्रवेशद्धार स्थापनाका लागि सम्बन्धीत पालिका तथा व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश ५ सरकारको आयोजनामा बर्दीयाको ठाकुरद्धारामा आयोजना हुन लागेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमका लागि पश्चिम नवलपरासीबाट जाने ५ जनाको पनि टुंगो लगाएको छ ।

Leave A Reply

Your email address will not be published.