Jilla Ban Notis

नवलपरासीमा युवा सत्याग्रहिको समर्थनमा सिठी जुलुस ।

0 36

बर्दघाट,असार–२१
नवलपरासीको सदरमुकाम परासी बजारमा आज सिठ्ठी जुलुस भएको छ। पावर अफ नेपाल नामक सामाजिक सन्जाल ग्रुपको आयोजनामा उक्त सिठ्ठी जुलुस भएको थियो। क्वारेन्टाइनको उचित ब्यबस्थापन गर्नु पर्ने , स्वास्थ्य सुबिधाको उचित प्रबन्ध मिलाईनु पर्ने लगायतका माग राख्दै काठमाडौ पाटन दरबार स्क्वायरमा सत्याग्रह गर्दै आइरहेका युवाहरुको समर्थनमा आज नवलपरासीमा सिठ्ठी जुलुस निकालिएको थियो। युवाहरु राष्ट्रिय झन्डा लिएर परासीको बुद्ध चोक मा जम्मा भएर बुद्ध चोक देखि जिल्ला प्रशासन कार्यालयको मुल गेट सम्म सिठी बजाउदै भ्रष्टाचारिलाई कार्वाही गर, क्वारेन्टाइनमा स्वास्थ सुबिधा ब्यबस्थापन गर लगायतका नारा लेखिएका पम्पलेट बोकेर नारावाजी गरेको पावर अफ नेपालका संयोजक एलिज गहतराजले जानकारी दिनु भयो। सरकारले जनताको आवाज कम सुन्ने भएकाले साङ्केतिक रुपमा सिठी बजाएर सुनाएको सन्देश दिन खोजीएको आयोजकले बताएको छ ।

बुद्धचाचेकमा भएको कोण सभामा विद्यार्थी नेता किशोर गैरे।युवराज पाण्डे ,दधी पौडेल,मनोज टण्डन लगाएतले बोल्दै जनता जीवन जल खान न पाएर टड्पिएर मरिरहेको अवस्था रहेको बताएका थिए । उनीहरुले सत्याग्रहीको जीवन रक्षाको माग गर्दै सरकारले युवा सत्याग्राहीका माग हरु निसर्त मान्नु पर्ने बताएका थिए । यदि नमानेमा देश भरी सरकार प्रतीको नैराश्यता बढी बिद्रोह हुन सक्ने समेत चेतावनी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.