Jilla Ban Notis

नवलपरासीमा प्रभावकारी बन्दै आयुर्वेद औषधालय ।

0 25

सहबान अन्सारी

प्रतापपुर,पौष–१८
विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ। बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुल ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन।यसै गरि नवलपरासीको गुठी परसौनी आयुर्वेद औषधालय निकै प्रभावकारी हुदै गएको साथै उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो बढदै गएको छ ।वि।सं। २०७२ असार २६ गते उक्त औषधालयको स्थापना भयो तर यस प्रति यहाँका मानिसहरुको त्यती चासो देखिएन बिरामीहरुको न्युन उपस्थितिको अवस्था रहदा बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम, निस्शुल्क स्वाथ्य शिविरको आयोजना भए सगै हालको दिनमा बर्षेनी करिब १६ हजार मानिसहरुले लाभान्वित भएको आयुर्वेद औषधालय गुठी परसौनीका कार्यालय प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनु भयो।मिश्राले दिएको जानकारी अनुसार खासगरी बातरोग,पेटरोग,पाईल्स९बवासिर०चर्मरोग,मुत्रसम्बन्धी,तथा स्त्रिरोग जस्ता बिरामीहरुलाई दिदै आएका छौ र यसलाई थप प्रभावकारी बनाऊनकोलागी बिभिन्न सरोकारवाला तथा सम्बन्धित निकायहरु संग पहल भईरहेको बताए।
कार्यालयको स्थायीरुपमा निजी भवन नभएको हुदाँ दिईने सेवा बिस्तारमा समस्या भएको जस्तै नियमित योग, प्राकृतिक औषधीको उत्पादन जस्तै ताजा जडीबुटी तथा जुसको उत्पादनगरी बितरण गर्न समस्या रहेको कार्यालयले जनाएको छ। आयुर्वेद औषधालय सेवा सुचारु भएपछि कार्यालयलाई प्रतापपुर गाँउपालिकाले बिभिन्न किसिमको योजना सगैं हर संभव प्रयास गरिरहेको साथै आउने दिनहरुमा अपेक्षित मानिसहरुलाई सेवा प्रदान गर्ने मिश्राले बताउनु भयो।
जिल्लामा गुठी परसौनी,पाल्ही,कुश्मा,सरावल र शाखा कार्यालय बर्दघाटे अवस्थित रहेका छन ।

Leave A Reply

Your email address will not be published.