Jilla Ban Notis

नवलपरासीमा ‘तपाईंको मास्क खै ?’ अभियान

0 25
उमेश बि.क
नवलपरासी ,१० भदौ
समुदायमा कोरोना संक्रमण बढिरहेका बेला यूवा सचेतना संस्था रामग्राम २ ले नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकाे चाेकहरुमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाएका छन।
यूवा सचेतना संस्थाले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष ईमामुल अलीले बताए।  अलीलेले निषेधाज्ञा भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए।
नवलपरासीको बुद्धचाेक तथा विभिन्न चाेकमा भिडभाड हुने ठाउँ छनोट गरेर मास्क खै ? भन्ने ब्यानर टाँसिएको संस्थाका सचिव समसाद अंसारीले बताए। यूवा सचेतना संस्थाले केही दिनअगाडि ५० जना चालकलाई खादा अाेढाई सम्मान तथा निशुल्क मास्म बितरण गरेको थियाे .
‘तपाईंको मास्क खै ?’ अभियान संस्था अध्यक्ष ईमामुल अलीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख अातिथ्यतामा गरिएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.२ ´क`क्षेत्रीय सभापतीअमृत सिंह जि.सी , चन्द्रिका अग्रहरी, संदिप पराजुली रामग्राम नगरपालिका २ का वडा सदस्य धिरज हलुवाई ,मुलपानी सामुदायिक उपभोक्ता समिति कोषाध्यक्ष अवधेश यादव तथा प्रदिप सिंह क्षेत्री लगाएतकाे सहभागीता रहेको थियाे ।

Leave A Reply

Your email address will not be published.