Jilla Ban Notis

नवलपरासीमा गाई सहित अबैध मटर प्रहरी नियन्त्रणमा ।

0 26

सहबान अन्सारी
नवलपरासी, १५ असोज
नवलपरासीको बिभिन्न ठाँउहरुबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार सरावल गाँउपालिका वडा नं. ४ ललितपुर स्थित भारतबाट नेपाल तर्फ अबैधरुपमा मानिसले डोहोर्याउदै ल्याउदै गरेको करिब ८० हजार मुल्य बराबरको २ वटा गाई सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
यसैगरी सोही गाउँपालिका वडा नं. ७ बर्गदवामा नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादै गरेको करिब १३ हजार ५ सय मुल्य बराबरको ७ बोरा हरियो मटर (केराउ) प्रहरी चौकी भुजहवाले नियन्त्रणमा लिएको हो । त्यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ मुडेरामा नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादै गरेको ७८ हजार बराबरको २५ बोरा मटर ( केराउ) ईलाका प्रहरी कार्यालय अमानीगंजले नियन्त्रणमा लिएको हो

https://www.youtube.com/watch?v=YOSBpj-P0O4&t=1s

उक्त मटर मानिसहरुले साईकल तथा मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी बोरा फाली भागेका थिए ।
नियन्त्रणमा लिएको गाई सहित मटर ( केराउ) आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

Leave A Reply

Your email address will not be published.