Jilla Ban Notis

नवलपरासीमा कोरोना संक्रमण फैलिदै ।( पूर्ण विवरण यस्तो छ )

0 13

कृष्ण ढकाल
बर्दघाट,भदौ–८
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक) र पृथ्वी चन्द्र अस्पताल परासीका ३ जना डाक्टरसहित एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालका अनुसार पृथ्वी चन्द्र अस्पतालका ५ जना स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि पठाईएकोमा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिले चिकित्सकमा संक्रमण देखिएपछि पृथ्वी चन्द्र अस्पताल सिल गरीएको छ ।
उता
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)लाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिकाका जनताको सेवामा खटिदैँ गर्दा आफू पनि सङ्क्रमित हुन पुगेको ले अहिले आफु होम आईसोलेसनमा रहेको बताउनुभएको छ । अध्यक्ष गुप्ताको परिवारका सात जनामा समेत कोरोना पोजेटिभ देखिएको छ ।
गाउँपालिका अध्यक्षसहित कार्यालयमा कार्यरत अन्य चार जना कर्मचारी तथा पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र र हरपुर स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएपछि अहिले दश दिनका लागि गाउँपालिका कार्यालय शील गरिएको छ । त्यसैगरी छ वटै वडा कार्यालय पनि शील गरिएको भएपनि स्वास्थ्य चौकीहरु सञ्चालन हुने बताईएको छ ।

यता
नवलपरासी जिल्लामा कोरोना संक्रमणको अवस्था तिव्रगतीमा बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा रहेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारीभएको समयमा भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट नगर्न र नगराउनुहुन अनुरोध गरीएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाका सरकारी कार्यालय एबं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गर्न निर्देशन गरीएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जारीगुर्न भएके सुचनामा उल्लेख गरीएको छ ।

नवलपरासी जिल्लाको पछिल्लो कोरोना अप्डेट यस्तो छ ।

Leave A Reply

Your email address will not be published.