Jilla Ban Notis

नवलपरासीमा उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर पक्राउ

0 34

सहबान अन्सारी

नवलपरासी,१६ मंसिर

नवलपरासीमा नदिजन्य पदार्थ (मिस्कट,बालुवा) उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर र १ लाख ८० हजार ६ सय २० मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती बर्दघाट नगरपालीका वडा नं. ५ स्थित खजुरा खोलाबाट अवैध रुपमा उल्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा लु २ त ९८२० र लु ३ त ८६७२ नं. का २ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै ट्याकटरलाई आवश्यक कारबाहीको लागि आजै बर्दघाट नगरपालिकाको कार्यालयमा बुझाईएको छ । त्यसै गरी अवैध रुपमा उत्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा सुनवल नगरपालिका वडा नं. ११ जर्गाह खोलाबाट लु ३ त २९०२ नम्बरको एक ट्याक्टर र सुनवल नगरपालिका वडा नं. ४ तुरिया खोलाबाट ६ वटा ( लु ३ त ३२३६, लु २ त ८३०९, लु ३ त ६४९४, लु ४ त १९८६, लु ४ त ३६४ र लु ३ त १८८८) ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएका उक्त ७ वटा ट्याक्टरलाई आजै आवश्यक कारवाहीको लागि सुनवल नगरपालिकाको कार्यालयमा बुझाईएको छ ।

यसैगरी मंगलवार रामग्राम नगरपालिका वडा नं. १२ सेतोपुल स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ९० हजार १ सय मुल्य बराबरको कपडा,चिनी, प्याज, धनियाको बिउ लगायतका मालसामान प्रहरीले नियन्त्रणमा लिएको हो त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सीपुरबाट अन्दाजी ९० हजार ५ सय २० मुल्य बराबरको ब्याडमिन्टनको र्याकेट, माईक हर्न, वायर केबल, फ्युज बल्ब, अटो ट्युब लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए । नियन्त्रणमा लिएको सम्पुर्ण मालसमान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

https://www.youtube.com/watch?v=BKSUlhL79XA

Leave A Reply

Your email address will not be published.