Jilla Ban Notis

नवलपरासीको रामग्राम नगरपालिका र काठमाडौं महानगरपालिकाका बिच भगिनी सम्बन्ध स्थापना ।

दुई नगर विच कोलिय उद्यान्न निमार्ण गर्ने सम्झौतामा हरुताक्षर ।

0 40

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१४
नवलपरासीको रामग्राम नगरपालिका र काठमाडौं महानगरपालिकाका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार साँझ एक विशेष समारोहका बिच दुबैनगर प्रमुखहरुले २१ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको आधिकारीक घोषणा गरिएको छ। सहमति पत्रमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता र काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार काठमाण्डौं उपत्यका बाहिरका स्थानीय तह मध्ये पहिलो पटक रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको महानगर प्रमुख शाक्यले बताउनु भयो । उहांले दुई स्थानिय तहबीच भएगरेका कार्यसम्पादन र त्यसको अनुभव आदान–प्रदान गर्ने र आपसी समन्वय,सहकार्य गर्दै, समृद्ध नगर निर्माणमा साझेदारी उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको बताउनु भएको थियो।

रामग्राम नगरपालिका भगवान् गौतम बुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तुप रहेको नगर र काठमाडौँ महानगरपालिका पनि ऐतिहासिक,धार्मिक,पुरातात्विक तथा सांस्कृतिक शहरका रुपमा परिचित रहेकाले दुई नगर विचको आन्तरीक तथा वाहिय पर्यटनका लागि समेत सम्वन्ध अझ प्रगाढ रहने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनु भयो ।

त्यसैगरी रामग्राम नगरसँग ऐतिहासिक भगिनी सम्बन्ध स्थापना गर्न पाउँदा ज्यादै नै खुशी लागेको काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताउनु भयो ।
,रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले दुई नगरको सम्वब्ध निमार्ण कार्यले दुबै नगरका विकास निमार्णमा भएका अनुभव देखि नगरको समृद्धिका लागि गर्नु पर्ने काममा समेत सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

भगिनि सम्वन्ध स्थापनाको हस्ताक्षर कार्यक्रमकै अवसरमा दुई नगर विच कोलिय उद्यान्न निमार्ण गर्ने सम्झौतामा हरुताक्षर समेत भएको छ । दुबै नगरका प्रमुख प्रसाशकिय अधिकृतहरुले उक्त सम्झौतामा हस्ताक्षर गरी रामग्राम नगरपालिका–१८ पण्डितपुरमा कोलिया शान्ति उद्यान निमार्ण गर्ने सहमति गरीएको छ । महानगरपालिकाले रु एक करोड ५० लाख साझेदारी गर्ने गरी दुवै नगरका प्रमुखहरुबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गर्नु भएको परियोजना आगामी आ.व.मा निर्माण सम्पन्न गर्नेगरी सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.