Jilla Ban Notis

नवलपरासीको मंगलापुरमा चार वर्षीय बालिका बलात्कृत

0 30

उमेश बि.क

सरावल , जेठ २०

नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडा नं.४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं.४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले बताउनु भएको हाे। बालिकाको अामाका अनुसार अाफु नुहाइरहेकाे समयमा अाइतवार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्। बालिका रुनसाथ साे स्थानसम्म अामा पुग्दा सहानी घरबाट फरार भइसकेका थिए। छाेरी राेइरहेकाे अवस्थामा फकाउदा फुलाउदा नमानेपछि गुप्तागं तिर बालिका इसारा गरेर रुदा अाफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चाैकी उपचारका लागि लगेकी थिईन । स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीले बालिकाकाे अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पाठाईएको थिए। साे घट्नाबारे वडा अध्यक्ष छाेटेलाल यादव थाहा पाउनसाथ गाेबरहिया प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेको बताईएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गाेबरहिया र जिल्ला प्रहरी टाेलि मंगलापुर पुगेका थिए। घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको गाेबरहिया प्रहरीचाैकी इन्चार्ज तिलक रमायझिले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.