Jilla Ban Notis

नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा तिन दिवसीय जिमीरेभार महोत्सव २०७६ शुक्रबार पनि जारी

0 38

रामु भुषाल
बर्दघाट,फागुन ९
धार्मिक क्षेत्र त्रिनेत्रश्वर धाम तथा जिमिरेभार बजारको ब्यापारीक क्षेत्र प्रर्बद्धन गर्ने उद्दश्यले जिमीरेभार महोत्सव जाउं नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने मुल नारा सहित विहीबार देखि तिन दिवसीय जिमीरेभार महोत्सव २०७६ पश्चिम नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा जारी रहेको छ । बर्दघाट नगरपालिका वडा नं ७, १ र ६ कार्यलयको संयुक्त आयोजना एवं नगरभित्रका बिभिन्न संघ संस्थाहरुको सहआयोजनामा विहिबार देखी सुरु भएको महोत्सवको उद्घाटन बर्दघाट वडा नं ७ का वडा अध्यक्ष धुर्व थारुको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा गरिएको थियो । महोत्सवको दोस्रो दिन स्थानिय कलाकारहरु लगाएत त्रिनेत्र चिन्तन केन्द्रका भजनमण्डली र स्थानिय भजन मण्डलीहरुको प्रस्तुती रहेको थियो । सो महोत्सवमा बिहीबार देखी जारी रहेको पुरुष भलिवल प्रतियोगीतामा २२ वटा टिमको सहभागिता रहेकोमा शुक्रबार सम्म १४ वटा पुरुष भलिबल टिम खेलिसकेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा झाकीं प्रद्धशर्नि, जात जातीको खानाका परीकार लगाएत निशुल्क योग शिविर समेत रहेको छ भने शनिबार थारु भाषाकी राष्ट्रिय गायिका अनु चौधरी लागएत स्थानिय कलाकारहरुको समेत प्रस्ूतुती रहने आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.